हामी परिवर्तन ल्याउँछौं, सरकारमा गएपछि जोगाउन सक्दैनौं : उपेन्द्र यादव
काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारमा गएपछि प्राप्त उपलब्धीलाई जोगाउन नसकिएको बताएका छन् । मंगलबार रिपोटर्स क्लबको २३औं वार्षिकउत्सवमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । 'मुलुकमा ट्रेडिसन नै बसेको छ, उनले भने, 'आन्दोलन हामी गर्छौ । परिवर्तन पनि ल्याउँछौं । परिवर्तनपछि सरकारमा पनि जान्छौं । तर, त्यहाँदेखि के नपचेको हो । त्यसलाई जोगाउन सक्दैनौं ।'
उनले पछिल्लो समय संघीयता र समावेसीतामाथि नै ग्रहण लाग्न लागेको हो कि भन्ने आभास चारैतिर हुँदै गएको बताए । संघीयतालाई नै कमजोर बनाउने काम भएको उनको भनाइ छ । 'संघीयता र समावेसीतामाथि नै ग्रहण लाग्न लागेको हो कि भन्ने आभास चारैतिर हुँदै गएको छ, उनले भने, 'प्रदेशहरूले संविधानको सूचीमा पाएका अधिकारको उपभोग गर्न नपाउनु, या कानुन कार्यान्वयन नहुनु, या भएका कुरा पनि फेरि केन्द्रिकृत हुनु ।यो गणतन्त्र पनि धरापमा पर्ने हो कि भन्ने आशंका उठिरहेको छ । अब यो कता जाने हो ?'
कम्युनिष्ट सरकार बन्दा जनताले ठूलो आसा गरेका भए पनि अपेक्षाकृत काम हुन नसकेको उनले बताए । 'जनताले ठूलो आसा गरेका थिए । हामीले साथ दिँदा दुई तिहाइ बढी पुगेको थियो । विकास र समृद्धितर्फ अगाडि बढ्छ । विभिन्न सवालको समाधान हुन्छ । संविधान परिमार्जन भएर अगाडि बढ्छ र समृद्धि हुन्छ । अब नेपालीले धेरै दुःख गर्नुनपर्ला कि भन्ने थियो । बडा दुर्भाग्यको कुरा हो । अहिले आएर गाडी कता पल्टिएको छ । को कता ठोक्किए कोही लडेका छन् ।'
उनले अहिले पनि राष्ट्रिय एकताको आवश्कता रहेको बताए । विभिन्न समस्याको समाधानका लागि राष्ट्रिय एकताको आवश्कता भए पनि हाम्रा प्रयास र कार्यहरू फरक ढंगले अघि बढ्न लागेको हुनाले चिन्तित हुने बेला आएको उनले बताए ।

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया