फेरि मतदानको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौँ - प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’मा राखिएको छ ।
समय अभावका कारण सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिए पनि अन्ततः हेर्न नभ्याइनेमा राखिएको हो । रिट निवेदक बलदेव चौधरी हुन् । उनी त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुखसमेत हुन् ।
निर्वाचन आयोग कान्तिपथ काठमाडौँलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग गरेका छन् ।
‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित गरिएको छ । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर ३० वैशाखमा मतदान स्थगित गरिएको थियो । मतदानको समय भए पनि स्थगित गरिएको र फेरि मतदानको माग चौधरीले गरेका हुन् ।
चौधरीले भनेका छन्, ‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पाउनुपर्छ । तर, मतदान आफैं स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको छु ।’
फेरि मतदानको माग गर्दै प्रदेश सांसद सुनिता चौधरीले पनि उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छिन् र रिटमा कारण देखाउ आदेश जारी भइसकेको छ ।
यद्यपि, अहिले मतगणना जारी छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया