जनमोर्चाको राष्ट्रिय सम्मेलन चैत २४ देखि २६ गतेसम्म वुटवलमा

काठमाडौँ : राष्ट्रिय जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन वुटवलमा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जीतेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म वुटवलमा हुन लागेको हो ।
सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको कार्यक्रम रहेको पार्टीका नेता आनन्द शर्माले जानकारी दिए । सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्ने कार्यक्रम छ ।
जनमोर्चाको राष्ट्रिय सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतासमेतलाई आमन्त्रण गरिएको नेता शर्माले बताए । सम्मेलनमा देशभरका ७० भन्दाबढी जिल्लाका प्रतिनिधीको सहभागीता रहनेछ । (रासस)

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया