दुई सातापछि बिहीबार देशभर २१ जना कोभिड संक्रमित पुष्टि

काठमाडौँ- देशभर २४ घण्टामा २१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ६ सय २८ जनाको परीक्षण भएको छ ।
करिब दुई सातापछि आज २१ जना संक्रमित थपिएका हुन् । वैशाख २८ गते २१ जना संक्रमित देखा परेका थिए । केही दिन यता निरन्तर २१ जना भन्दा कम संख्यामा सक्रमित देखा परेको थियो ।
आज १३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६७ हजार २४ जना संक्रमणमुक्त भइसकेका छन् । त्यस्तै, आज ६३ हजार ३ सय ८५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
देशभर सक्रिय संक्रमति १ सय १९ जना छन् । हालसम्म कोभिड-१९ संक्रमणका कारण ११ हजार ९ सय ५२ संक्रमितको मृत्यु भइसकेको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया