सेवावधि थप गर्न घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट श्रीविश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकाहा-घिउराका प्रधानाध्यापकविरुद्ध ३ लाख रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रधानाध्यापक राकेशकुमार ठाकुरले करार अवधि थप गर्न घुस लिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार ठाकुरले घुस रकम दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झालाई पैसा लिन लगाएका थिए ।
आयोगले अनुसन्धानको क्रममा घुस लिएको पुष्टि भएकाले प्रधानाध्यापक ठाकुरविरुद्ध ३ लाख रुपैयाँ बिगो कायम गरेको हो । जरिवाना तथा सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
घुस रकमसहित ठाकुर र झालाई गत चैत ३० गते आयोगले नियन्त्रणमा लिएको थियो । आयोगले घुस लिने कार्यमा झाको पनि संलग्नता देखिएकाले झाविरुद्ध मुख्य अभियुक्त सरह ३ लाख रुपैयाँको बिगो कायम गरी सजायको दाबी गरेको छ ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया