भृकुटीमण्डपमा प्लास्टिक मेला सुरु

काठमाडौँ - प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीबार देखि देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ ।
प्लाष्टिक मेलाको उद्घाटन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले गर्ने भएका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताए ।
उनले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताए । अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्न भने जरुरी रहेको बताए ।
उनले नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य भएको बताए । उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार सरकारले घटाएर पाँच प्रतिशत कायम गर्नु माग गरे ।
भन्सार लाग्ने भएकाले अहिले नेपालमा प्लास्टिकका सामग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिएर ठूलो विकृति ल्याएको बताए । अध्यक्ष गोल्छाले सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा स्वागतयोग्य रहेको बताए । उनले नेपालमा उत्पादन बढाउनुपर्छ भन्दै महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर तयार पारेकाले सरकारसँग उद्योग वाणिज्य संघ सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।
अध्यक्ष गोल्छाले बजारमा देखिएको तरलताको समस्याले निजी क्षेत्रमा निराशा छाएकाले यो वर्षको बजेट निजी क्षेत्रले धेरै चासोले हेरिरहेको बताए । उनले निराशालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस प्याकेज ल्याउँछ भन्ने निजी क्षेत्रले आशा गरेका बताए । ।
उनले भने,‘ प्लास्टिक आजको दिनमा कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको छ । तर, प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गरिने गरेको छ । प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री हो । यसलाई व्यवस्थापन गर्न भने जरुरी छ । नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउँदै छ भन्ने सुनेँ । यो एकदमै स्वागतयोग्य कुरा हो । उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा १० प्रतिशत भन्सार लाग्छ त्यसलाई घटाएर पाँच प्रतिशत कायम गर्नु पर्ने छ । प्लास्टिक सामग्री उत्पादन गर्ने कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क छ । जसका कारण भारतबाट धेरै नै प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिरहेका छन् । यसले ठूलो विकृति ल्याएको छ । भन्सार घटाउने हो भने विकृतिहरु पनि हट्न सक्छ । सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा गरेको छ । यो एकदमै स्वागतयोग्य छ । नेपालमा उत्पादन बढाउनुपर्छ । उद्योग वाणिज्य महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर पनि लिएर आएको छ । यो विषयमा सरकार उद्योग वाणिज्य संघ सहकार्य गरौं । यो वर्षको बजेट निजी क्षेत्रले धेरै चासोले हेरिरहेको छ । बजारमा देखिएको तरलताको समस्याले निजी क्षेत्रमा निराशा छाएको छ । निराशालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस प्याकेज ल्याउँछ भन्ने आशा गरेका छौं । १५ गते आउने बजेटले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि काम गर्ने छ ।’
यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रको माग अनुसार सरकारले स्वदेशी उत्पादनको दशक घोषणा गरेको बताए । उनले उद्योग परिसंघले अगाडि सारेका `मेक इन नेपाल` `मेड इन नेपाल` अभियानलाई सहयोग गर्ने घोषणा गर्नु मुलुकमा औद्योगिक वातावरण राम्रो बन्न सक्ने अवस्था बनेको बताए । अध्यक्ष अग्रवालले निजी क्षेत्रले माग गरे अनुसार घरजग्गा कारोबारलाई व्यवस्थापन गर्ने लगायतका कुरा बजेटमा समेत समेटिएर लागू हुने आशा गरिएको बताए ।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले प्लास्टिक दैनिक जीवनमा निकै आवश्यक भएको बताए । उनले जसरी आगो विना चुलो बल्दैन त्यसरी नै अब प्लास्टिकजन्य सामग्री विना हाम्रो व्यवहार नचल्ने भएको बताए । अध्यक्ष मल्लले प्लास्टिक प्रयोग भएर जुन किसिमको वेस्ट आउँछ, त्यसलाई पनि व्यवस्थित गर्नु पर्ने बताए ।
उनले त्यसका लागि मुलुकभित्र नै प्लाष्टिक रिसाइकलिङ उद्योग स्थापना गरिनु पर्ने बताए । मल्लले प्लास्टिकबाट उत्सर्जित फोहोरको वातावरणमा दीर्घकालीन असर पर्ने भएकाले रिसाइकलिङ उद्योग स्थापना गर्न आवश्यक रहेकोमा जोड दिए । उनले प्लास्टिक उद्योगीहरुले उपकरण र कच्चा पदार्थ आयात गर्दा कर लगाउने प्रथा खारेज गरिनुपर्ने बताए । उद्योगबाट प्रशोधन गरी रोजगारी दिएर हुने काममा कर लगाएकै कारण उद्योग फस्टाउन नसकेको मल्लको भनाइ छ ।
यस्तै, उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले मानव स्वास्थ्य र वातावरणलाई ख्याल गरेर प्लास्टिक उत्पादन गर्दा सरकारको सधैं साथमा रहेको बताए । उनले उद्योगीहरुलाई सरकारले रोकेका प्लास्टिकजन्य वस्तुको उत्पादन नगर्न आग्रह गरे । सचिव पोखरेलले सरकार एउटा उद्योगको मात्रै विषयमा नरहेर नेपालमा सम्पूर्ण उद्योगहरुलाई औद्योगिक वातावरण बनाउने पक्षमा रहेकाले निजी क्षेत्रसँग सहकार्य गर्ने बताए ।
प्लास्ट नेपाल फाउण्डेशनले आयोजना गरेको यो तेस्रो संस्करणको प्रदर्शनी हो । कोरोना महामारीका कारण भने केही वर्षयता प्रदर्शनी रोकिएको थियो । प्लास्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योग र भारतलगायत अन्य देशका समेत करिब ५ हजार वटा प्लास्टिक उद्यमी व्यवसायी सहभागी हुने आयोजकले बताएको छ । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, कच्चा पदार्थ र मेसिनरी उपकरणहरुको स्टल राखिएको छ ।

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

प्रतिक्रिया