ओलीको प्रश्न : बुढीगण्डकी नेपालकै लगानीमा बनाउने कुरा गफै त हो सम्धी ?

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा बन्ने भन्ने कुरा गफ मात्रै भएको बताएका छन् । संसद् बैठकमा बोल्दै ओलीले बुढीगण्डकी नेपालकै लगानीमा बनाउने भन्ने कुरा 'गफै हो त सम्धी' भन्या जस्तो भएको बताए ।
शेरबहादुर देउवाको नेतृत्वमा सरकार आएपछि बुढीगण्डकी चीनलाई नदिने भन्ने निर्णय भएको ओलीले बताए । 'बुढीगण्डकी नेपालकै लगानीमा बनाउने भन्ने कुरा गफै हो त सम्धी ?' ओलीले भने चीनलाई निर्माण गर्न दिने भन्ने एमाले माओवादीको सरकारले गर्यो । तर शेरबहादुर देउवाको नेतृत्वमा सरकार आएपछि चीनलाई नदिने भन्ने निर्णय भयो । हामीले खर्च गरिसक्यौँ नेपालको निर्णयले असर गर्यो भनेर चीनले भन्यो । त्यसपछि मैले सबैतिर बुझेँ' ओलीले भने 'कतै खुशी पार्नका लागि चीनलाई नदिने भन्ने भयो । सहयोग भए विचार गरौँला नत्र लिन्नै भने । सबैसँग नलिने हो कि कुनै एक देशमा मात्र हो ?'
...
ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफुले जस्तै सबै सम्पत्ति राज्यको नाममा हस्तान्तरण गर्न च्यालेन्ज गरेका छन् । 'मैले सबै चल अचल सम्पत्ति राज्यको नाम गरेको छु । मैले जसरी सबै सम्पत्ति राज्यमा हस्तान्तरण गर्ने कोही निस्किनुस् न । मलाई केही पूर्वप्रधानमन्त्री/नेताहरूले भन्नुहुन्छ' ओलीले भने 'मैले सबै चल अचल सम्पत्ति राज्यको नाममा गरेँ भने किन भ्रष्टाचार गर्नु । आफु बद्नाम भएर अरुलाई सम्पत्ति खुवाउँदिन ।'
...
ओलीले नीति तथा कार्यक्रममा नेपाली कांग्रेसले पहिचान गुमाएको बताएका छन् । त्यस्तै ओलीले एमालेले ल्याएको नीति तथा कार्यक्रमका केही कार्यक्रम हटाउने आँट नगरेको बताए । 'एमालेको कार्यक्रमलाई हटाउने आँट पनि छैन' ओलीले भने 'संशोधन गरेर हटाउन मिल्छ भने हटाए हुन्छ ।'
...
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाले डडेलधुराको एक कार्यक्रमा कांग्रेसले नजितेको ठाउँमा पैसा नदिने भनेकी थिइन् । आरजुको उक्त भनाईलाई देउवाले संसद्बाटै जवाफ दिएका छन् । ‘जनतालाई समेत धम्काइयो भने कार्यकर्ता के भयो र ?' ओलीले भने 'कांग्रेसको नेतृत्वबाटै के आयो भने मैले तोकेको अर्को पार्टीलाई भोट दिनु नत्र पार्टीबाट कारबाही गर्छु । मानौँ पार्टी प्राइभेट लिमिटेड हो ।’
ओलीले चुनावमा सत्ता गठबन्धनले पैसा बाँढेको आरोप लगाए । 'पैसा' प्रलोभन बाँडियो' ओलीले भने 'रुखमा भोट नहाल्नेलाई पैसा पठाइँदैनसम्म भने । 'अमरगढी जितेको छ कि छैन । देउवाको वडामा अब बजेट नजाने भो । अमरगढी नगरपालिकामा पैसा नजाने भो । लोकतन्त्रको योभन्दा हरिविजोग अरु के हुन्छ र ?' ओलीले भने । तर अमरगढी नगरपालिकाको मेयरमा कांग्रेसम डिल्लीराज जोशी र उपमेयरमा कांग्रेसकी पार्वतीदेवी झुकाल विजयी भएका छन् ।
...
'एउटा विदेशबाट सहायक मन्त्री नेपाल आउँदा सरकार थरथर भएर तीन दिन काम ज्वरो हट्दैन' ओलीले भने 'कसरी राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुहुन्छ ?' 'स्कटिङ लिएर एउटा सहायक मन्त्री आउँदा गुम्बा-गुम्बामा कहाँ-कहाँ जाने ? अरे ! कस्तो छिमेक सम्बन्धप्रतिको इमान्दारिता हुन्छ कि हुँदैन ?' ओलीले भने 'मैले आफ्नैदेशभित्र जाँदा इजाजत लिएर जानुपर्यो । विदेशमन्त्री आएर जाँदा इजाजत लिएर जानुभयो कि भएन ?'
...
'चुनावमा यदि जनताले भोट नहाले देश दुर्घटनामा जान्छ भनेर धम्काए' संसद्मा बोल्दै ओलीले भने 'त्यहाँका मान्छेले द्वन्द्वकाल सम्झिए, त्यही चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिए । अनि विदेश गएको सम्झिएर जनताले थरथर काँपेर भोट हाले ।'
...
त्यस्तै उनले सरकारको नीति तथा कार्यक्रम अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो उल्लेख भएको बताए । शब्दमा मात्र जाल बुनेर नीति कार्यक्रम ल्याइएको उनले बताए । 'बुँदा न १३६ ले भ्रष्टाचार गर्ने प्रष्ट छ' उनले भने 'भ्रष्टाचार प्रवद्धन गर्ने भन्ने छ, के हो त्यो भनेको ?' 'अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो शब्द छ' उनले भने । उनले सरकारको कुनै नीति नभएको आरोप लगाए । उनले सरकार कहाँ पुग्ने भन्ने गन्तव्य नभएको बताए । 'सरकार जेरी जसरी गुजिल्टियो । जसको नीति छैन । गन्तव्य छैन कहाँ पुग्ने' उनले भने ।
...
ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो भन्दै प्रश्न गरेका छन् । 'प्रतिपक्षलाई सिद्याउँछु भन्ने हक कहाँबाट आयो ?' ओलीले प्रश्न गरे 'चुनावमा जित्छौँ भन्न पाइन्छ तर गायब पार्छौँ, पत्तासाफ पार्छौँ, धुलो चटाउँछौँ भन्ने ?' ओलीले ठाउँ-ठाउँमा सत्ता गठबन्धनले बुथ कब्जा गर्दा पनि प्रहरी निरिह बनेर बसेको बताए । 'बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरिह बनेर बस्यो' ओलीले भने 'कब्जा नगरभन्दा प्रतिपक्षलाई पक्राउ गरियो ।'

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया