स्थानीय तह निर्वाचन : कांग्रेसलाई 'बम्पर उपहार'

काठमाडौँ- अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दल भएको नेपाली कांग्रेस यो पटकको निर्वाचनमा पहिलो दलको रुपमा स्थापित भएको छ । कांग्रेस एमालेभन्दा निकै अघि छ । कांग्रेसले अहिलेको स्थानीय तह निर्वाचनमा यो समाचार तयार पार्दासम्म देशभर ३२७ पालिका जितेको छ । ताकि कांग्रेसले २०७४ मा भएको निर्वाचनमा देशभर २६६ पालिका प्रमुख जितेको थियो ।
अघिल्लो निर्वाचनमा कांग्रेसले प्रदेश नम्बर–१ मा अन्य प्रदेशभन्दा सबैभन्दा बढी ५१ पालिका जितेको थियो । प्रदेश–१ मा १३७ पालिका छ । कांग्रेसले अघिल्लो पटकभन्दा मत परिणाम बढाएको छ । यो पटकको निर्वाचनमा कांग्रेसले अघिल्लो पटकभन्दा बढी १७ पालिका बढी जितेको छ । अघिल्लो निर्वाचनमा ५१ पालिका जितेको कांग्रेसले यो पटक ६८ पालिका जितेर पहिलो दलको रुपमा स्थापित गरेको छ । अघिल्लो निर्वाचनमा प्रदेश १ मा कांग्रेस दोस्रो दल थियो भने नेकपा एमाले ६९ पालिका जितेर पहिलो दल बनेको थियो ।
त्यस्तै मधेश प्रदेशमा १३६ पालिका छ । मधेशमा पनि कांग्रेसले मत परिणाम सुधार गरेको छ । २०७४ सालको निर्वाचनमा कांग्रेसले ४० पालिका जितेको छ । अघिल्लो निर्वाचनभन्दा ६ वटा पालिका थपेको छ । मधेशमा कांग्रेसले यो निर्वाचनमा ४६ पालिका जितेको छ । मधेशमा अघिल्लो निर्वाचनमा पनि पहिलो दल बनेको कांग्रेस यो निर्वाचनमा पनि पहिलो दलको रुपमा कायम राखेको छ ।
त्यस्तै बागमती प्रदेशको ११९ पालिकामध्ये अघिल्लो निर्वाचनमा ३५ पालिका जितेर दोस्रो भएको कांग्रेस यो निर्वाचनमा ५८ पालिका जितेर पहिलो दल बनेको छ । बागमतीमा अघिल्लो निर्वाचनमा ६४ पालिका जितेर एमाले पहिलो दल बनेको थियो ।
गण्डकी प्रदेशमा ८५ पालिका छ । ८५ पालिकामध्ये अघिल्लो निर्वाचनमा कांग्रेसले ४४ पालिका जितेर पहिलो दल बनेको थियो । यो पटक गण्डकीमा कांग्रेस खस्किएको छ । यो पटक ३६ पालिका मात्रै जितेको छ । गण्डकीमा अघिल्लो निर्वाचनमा पनि पहिलो दल बनेको कांग्रेस यो पटक पनि पहिलो दल बनेको छ ।
लुम्बिनी प्रदेशमा १०८ पालिका छ । जसमध्ये कांग्रेसले अघिल्लो निर्वाचनमा ३३ पालिका जितेको थियो । यो पटक भने कांग्रेसले मत परिणाम सुधार गरेको छ । यो पटक कांग्रेसले लुम्बिनीमा ४७ पालिका जितेको छ । लुम्बिनीमा अघिल्लो पटक दोस्रो भएको कांग्रेस यो पटक भने पहिलो दल भएको छ ।
कर्णाली प्रदेशमा ७९ पालिका छ । कर्णालीमा अघिल्लो निर्वाचनमा दोस्रो भएको कांग्रेस यो निर्वाचनमा पहिलो दलको रुपमा स्थापित भएको छ । कांग्रेसले कर्णालीमा अघिल्लो पटक २५ पालिका चित्त बुझाएको थियो । यो पटक भने ३२ पालिकामा जित निकालेको छ । कर्णालीमा अघिल्लो निर्वाचनमा २७ पालिका जितेर एमाले पहिलो दल बनेको थियो २५/२५ पालिका जितेका कांग्रेस र माओवादीले जितेका थिए ।
त्यस्तै सुदूरपश्चिम प्रदेशको ८८ पालिकामध्ये अघिल्लो निर्वाचनमा कांग्रेसले ३८ पालिका जितेको थियो । तर यो पटक निर्वाचनमा कांग्रेसले सुदूपश्चिममा खासै पालिका बढाउन सकेन । अघिल्लो निर्वाचनमा ३८ पालिका जितेको कांग्रेसले यो पटक ४० पालिका जितेको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया