पाँचखाल नगरप्रमुखको पहिलो निर्णय : अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ - पाँचखाल नगरपालिकाले अपाङ्गता भएका नगरवासीहरूलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगर प्रमुखको रूपमा दोश्रोपटक निर्वाचित भएका महेश खरेलले अपाङ्गता भएका नगरवासीलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने पहिलो निर्णय गरेका हुन् ।
नगरपालिकामा रहेका अपाङ्गता भएका नगरवासीका लागि स्वास्थ्य बीमाको व्यवस्था गर्दै अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारको समेत उपचारमा व्यवस्था मिलाउने गरी निर्णण भएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।
पाँचखाल नगरपालिकामा क वर्गका १ सय १० जना, ख वर्गका १ सय ९१ जना, ग वर्गका १ सय ९ जना तथा घ वर्गका ४८ जना गरी ४ सय ५८ जना अपाङ्गता भएका नगरवासी छन् ।

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया