एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

सिन्धुपाल्चोक- लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गएराति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो ।
दुर्घटनामा सुनकोसी–७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया