पहुँचका भरमा जहाजको टिकट, सर्वसाधारणलाई सास्ती

जाजरकोट - पहुँचको भरमा जहाजको टिकट वितरण हुँदा हुम्लाको हवाई यात्रा असहज बनेको छ । हवाइमार्ग भएर यात्रा गर्दा अत्यधिक खर्च हुने गरेको छ । टिकट पाउन सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।
हुम्लामा निजी क्षेत्रका तारा र समिट एयरलाइन्सले मात्र उडान भर्दै आएका छन् । हुम्ला हालसम्म सडक सञ्जालसँग जोडिन सकेको छैन । सुर्खेतबाट हुम्ला जान १० हजार रुपैयाँ र हुम्लाबाट सुर्खेत आउन सात हजार भाडा तिर्नुपरेको यात्रु बताउँछन् ।
नेपाल वायुसेवा निगमको न्यून उडानका कारण यात्रु थप मारमा परेका छन् । थप उडानका लागि स्थानीयवासीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामालाई गुहार्दै आएका छन् ।
नेपालगञ्ज जाने जहाजको टिकट लिन एक हप्तासम्म लगातार विमानस्थल धाउँदा पनि खाली हात फर्कनुपरेको खार्पुनाथ गाउँपालिका–१ प्युसका प्रेम शाहीले दुखेसो गरे । 'तारा एयरले दिनको एक फ्लाइट मात्र गर्छ, हामीले टिकट पाउँदैनौँ', उनले दुखेसो पोखे ।
निजी एयरलाइन्स कम्पनीले नियमित उडान नगर्दा हुम्ली नागरिकले समस्या भोग्दै आएका छन् । सिमकोटमा उडान गर्दै आएका सीता र समिट एयरको जहाजले हुम्लाको उडान कटौती गरेका छन् भने सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले उडान भर्न छाडेको छ ।
सुर्खेतभन्दा नेपालगञ्जबाट हुम्लाका लागि उडान अझ महँगो रहेको छ । त्यस्तै अर्को हिमाली जिल्ला डोल्पामा समेत भाडा खपिनसक्नु रहेको छ । नेपालगञ्जबाट डोल्पा जाँदा नौ हजार र फर्कँदा रु पाँच हजार तिर्नुपर्ने बाध्यता छ । डोल्पा जानका लागि अहिले स्थलमार्गको प्रयोग बढिरहेको छ । रासस

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया