नेपाल, ओमान र टिमोर लिस्टे बिचको मैत्रीपूर्ण फुटबलको तालिका सार्वजनिक

काठमाडौँ- नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् ।
एएफसी एसियन कप छनोट अघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल संघले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरेको छ ।
नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको कतार फुटबल संघले जनाएको छ ।
कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरू जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् ।
नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ । रासस

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया