रौतहटका १८ वटै पालिकाको नतिजा सार्वजनिक : कुन दलले कहाँ-कहाँ जिते ?

रौतहट- रौतहटका १८ वटै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार नेपाली कांग्रेसले सात, नेकपा (एस)ले चार, एमालेले तीन, लोसपाले दुई तथा जसपा र माओवादी केन्द्रले एक-एक पालिकामा जित हात पारेका छन् ।
कांग्रेसले फतुवा विजयपुर, राजपुर, कटहरिया, गढीमाई, चन्द्रपुर, परोहा र माधव नारायण नगरपालिकामा जितेको छ । २०७४ को निर्वाचनमा आठ पालिकामा जित हासिल गरेको कांग्रेसले रौतहटमा यो पटक एक पालिका गुमाएको हो । यसअघि कांग्रेसले जित हासिल गरेको वृन्दावन, दुर्गा भगवती र राजदेवी भने गुमाएको छ ।
एकीकृत समाजवादी वृन्दावन, गौर, बौधीमाई र राजदेवी नगरपालिकामा विजयी भएको छ ।
एमालेले देवाही गोनाही, गरुडा र मौलापुर नगरपालिकामा जित हात पारेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिका जितेको हो ।
यसअघि माओवादी केन्द्रले जित हासिल गरेको मौलापुर र संघीय समाजवादी फोरम, नेपालले जित हासिल गरेको गरुडा र देवाही गोनाहीमा एमालेले जित हात पारेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा विजयी भएको छ ।
गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पारेको छ । २०७४ को निर्वाचनमा तीन पालिका जितेको माओवादी केन्द्रले रौतहटमा यो पटक एउटा पालिकामा जित हासिल गरेको हो।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया