मलामी बोकेको ट्याक्टर दुर्घटना : थप एक जनाको मृत्यु

अछाम- अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।
पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
यसअघि उक्त दुर्घटनामा परि घटनास्थलमै ४४ वर्षीय अमर धमालाको मृत्यु भएको थियो। बुधबार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर २४ जना घाइते भएका छन्। घाइते भएका मध्ये १ को अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेका छन् ।
अवस्था गम्भीर रहेका तारा धमालालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । २० बर्ष पहिले कुष्ठिरोग लागेर मृतकका बुवा गौरीकान्त धमालाको मुत्यु भएको थियो । बुवा गौरीकान्त धमालाको पुत्ला दाहसंस्कारको लागि मलामी लिएर जाने क्रममा ट्याक्टरको ट्रालि पल्टेर ट्याक्टर दुर्घटना भएका जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । मृत्यु हुने धमाला दाजुभाइ हुन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया