वीपी प्रतिष्ठानका कर्मचारीले चिकित्सकमाथि गरे दुर्व्यवहार

काठमाडौँ- धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीले चिकित्सकमाथि दुर्व्यवहार गरेका छन् । चिकित्सकले बिरामीको कक्षमा भीडभाड भएकाले सम्झाउँदा प्रतिष्ठानका कर्मचारी हसिबर रहमानले बुधबार परियोडोन्टिक्स विभागमा कार्यरत डा. सुनिता साहलाई धम्क्याएका छन् ।
चिकित्सकले अस्पतालको नियमानुसार बाहिर कुर्नु भनेर सम्झाउँदा पनि मानेका थिएनन् ।
प्रतिष्ठानका रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा. पदम नेपालीले विज्ञप्ति जारी उल्लेख गरी भनेका छन्,' म को हो चिनेका छौ, म तिमीलाई तह लगाइदिन्छु । एक फोनको भरमा के के गर्न सक्छु अभद्र व्यवहार गरेका थिए ।'
सोसाइटीले दुर्व्यवहार गर्ने कर्मचारीसमक्ष कारबाहीको माग गरेको छ । साथै ती कर्मचारीले डा. साहसँग माफीसमेत माग्नुपर्ने सोसाइटीले उल्लेख गरेको छ ।
सोसाइटीले माग अनुसार कार्यान्वयन नभएमा कडाइका साथ आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया