हङकङले ५० वर्षपछि पहिलो पटक अस्कर समारोह प्रसारण नगर्ने

हङकङ : २८ वर्षपछि हङकङको सिनेमा पहिलो पल्ट अस्करको मनोनयनमा परेका थियो तर यही साल हङकङले अस्करको यो समारोह प्रसारण नगर्ने भएको छ । यो साल अस्करको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा डेरेक साङको ‘बेटर डेज’ मनोनयनमा परेको छ । यसअघि सन् १९९३ मा मात्र हङकङको ‘फेयरवेल माइ ककुबाइन’ले विदेशी भाषाको फिल्ममा अन्तिम ९ मा मनोनयन पाएको थियो ।
५० वर्षपछि पहिलो पल्ट हङकङले अस्कर अवार्ड समारोह प्रसारण नगर्ने निर्णय गरेको हो । हङकङको टीभीबीले सन् १९६९ यता यो समारोह प्रसारण गर्दै आएको थियो । तर, टीभीबीका प्रवक्ताले व्यापारिक कारणले अस्कर समारोह नदेखाउने निर्णय गरेको जानकारी दिएका छन् ।
‘यो विशुद्ध व्यापारिक कारणले गरिएको निर्णय हो । यो साल हामीले अस्करको प्रसारण नगर्ने निर्णय गरेका हौं,’ प्रवक्ताले भनेका छन् । अहिलेसम्म हङकङका अरु च्यानल र पे टीभी च्यानलले पनि यो समारोह किनेर प्रसारण गर्ने योजना सार्वजनिक गरेका छैनन् ।
टीभीपीले यसलाई व्यापारिक निर्णय भनेर ढाकछोप गर्ने प्रयास गरे पनि यो सबै बेइजिङको इसारामा भएको हो । यही महिनाको सुरुवातमा बेइजिङको मिडिया रेगुलेटरले चीनका पत्रपत्रिकालाई अस्करका समाचार नछाप्न र लाइभको कभरेज नगर्न पनि निर्देशन दिएको थियो । बेइजिङ यसरी अस्करसँग रुष्ट हुनमा दुइटा कारण रहेको बताइएको छ ।
एउटा त अस्करमा यो चोटि हङकङमा भएको चीन विरोधी प्रदर्शनको बारेमा बनेको डकुमेन्ट्रीको मनोनयन हो । सन् २०१९ मा हङकङमा प्रजातन्त्र प्राप्तिका लागि लामो समय प्रदर्शन भएको जसको बारेमा बनेको डकुमेन्ट्री ‘डु नट स्पिल्ट’यो पटक डकमेन्ट्री विधाको मनोनयनमा परेको छ अनि अर्को चाहिँ चिनिया फिल्ममेकर क्लोई झाओको उत्कृष्ट निर्देशकमा मनोनयन ।
क्लोईले चिनिया नीतिको आलोचना गरेको अन्तर्वार्ता केही समय अघि सतहमा आएको थियो । यही कारण चीनले उनले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’लाई सेन्सरमा निकै दुःख दिएको थियो ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_WPQSq9fQ4S_m2ppmqjil2vrzo2fzry4z5gxanoknphhrba0lzugidrr32buencajbtgdmtz.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

प्रतिक्रिया