अम्लेखगञ्जमा खानेपानीको हाहाकार

बारा – बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित ऐतिहासिक अमलेखगञ्जमा पानीको स्रोत नहुँदा स्थानीयले सधैं सास्ती भोग्नुपर्ने बाध्यता छ । वर्षायाममा फुट्ने स-साना पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको छ ।
वर्षायाममा धमिले र हिउँदमा सुख्खाका कारणसमेत उनीहरूलाई दु:ख हुने गरेको छ । पानी ओसार्नकै लागि ३ नम्बर पुलस्थित खोलामा पुग्नुपर्ने उनीहरूको सधैंको बाध्यता बनेको छ ।
१२३ घरधुरी बासिन्दालाई डोकोमा तल खोलाबाट पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । खानेपानीको समस्याकै कारण स्थानीय बासिन्दा खोलाकै पानी खान बाध्य भएका छन् । खानेपानीको अभावमा यहाँका होटेल व्यवसायसमेत संकटमा पर्न थालेका छन् ।
खानेपानीको लागि न त सरकारले कुनै विकल्प खोजेको छ न त स्थानीय सरकारले नै चासो दिएको छ । स्थानीय तथा केन्द्रीय सरकार दुबैले चासो नदेखाएपछि बाध्य भएर खोलाको पानी नै खाने गरेको स्थानीय कृष्णबहादुर विकले बताए ।
खोला र मुहानको पानी सिधै पिउने गर्दा स्थानीय बिरामी भएका छन् । पिउनसम्म पानीको अभाव रहेको हुदा खोलाको पानी सेवन गर्दा बिरामीसमेत हुनु परेको मायादेवी लामाले बताइन् ।
स्थानीयबासीहरुलाई खानेपानीसम्बन्धी समस्या दिन प्रतिदिन बढ्दै गएको छ । चुरे पहाडकै फेदमा रहेको अमलेखगञ्ज बस्तीमा खानेपानीको समस्या र हाहाकार भएकाे हाे । पानी संकलन गर्न नयाँ बिजौरी, पुरानो बिजौरी, ४ नम्बर पुल छेउ र १ नं. मुहान गरी ४ वटा मुहान प्रयोगमा ल्याइएको थियो ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया