एक खर्ब बढीको भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रियो

काठमाडौंँ – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त भटमास, पाम र सनफ्लावर तेल आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा उक्त मूल्यमा ६५ करोड ९० लाख ९१ हजार ७० लिटर कच्चा भटमास, पाम र सनफ्लावर तेल नेपाल भित्रिएको छ ।
पछिल्लो दश महिनामा ४९ अर्ब ४१ करोड २ लाख ३५ हजार रुपैयाँको भटमास तेल, ३४ अर्ब ७४ करोड ४२ लाख ५७ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ३८ करोड ३४ लाख ४३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल नेपाल भित्रिएको छ ।
अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी ११ देशबाट भटमास, पाम र सनफ्लावर तेल आउने गरेको छ ।
बितेका दश महिनामा अर्जेन्टीनाबाट मात्र ३२ अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपैयाँको भटमास तेल र ४६ करोड ३९ लाख ९९ हजार रुपैयाँको सनफ्लवार तेल नेपाल आएको छ ।
सोही अवधिमा इन्डोनेसियाबाट २८ अर्ब २९ करोड ८९ लाख ७५ हजार रुपैयाँको पाम तेल, युक्रेनबाट १५ अर्ब २१ करोड ६३ लाख ८५ हजार रुपैयाँका भटमास र सनफ्लवार तेल, ब्राजिलबाट १० अर्ब ९ करोड ८५ लाख ३० हजार रुपैयाँको भटमास तेल र मलेसियाबाट ६ अर्ब ३३ करोड १२ लाख ८१ हजार रुपैयाँको पाम तेल नेपालले आयात गरेको छ ।
नेपालले विभिन्न देशबाट कच्चा तेल ल्याई त्यसलाई प्रशोधन गरी भारतमा पठाउने गरेको छ । चालु आर्थिक वर्षको दश महिनामा नेपालले ८७ अर्ब ५९ करोड ८४ लाख १ हजार रुपैयाँको प्रशोधित भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ ।

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य गर्न सुदृढ गरिने

प्रतिक्रिया