बेलायत सरकारले पनि चेल्सीको खरिदका लागि अनुमति दियो

काठमाडौँ – बेलायत सरकारले इंग्लीस प्रिमियर लिग क्लब चेल्सीलाई एलए डगर्सका सह-मालिक टोड बोहलीको नेतृत्वमा रहेको कन्सोर्टियमलाई खरिदका लागि अनुमति दिएको छ । उक्त कन्सोर्टियमले चेल्सीलाई ४.२५ बिलियन पाउण्डमा खरिद सम्झौता गरेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धका कारण चेल्सीका मालिक रोमन अब्रामोभिचलाई प्रतिबन्ध लगाउनु अघि प्रिमियर लिग क्लबलाई बिक्रीमा राखिएको थियो ।
यस अघि प्रिमियर लिगले कन्सोर्टियमले क्लबको मालिक र निर्देशकहरूको परीक्षा पास गरेको जनाएको थियो ।
चेल्सी अहिले बेलायती सरकारको विशेष लाइसेन्सबाट संचालन भइरहेको छ जुन मे ३१ तारिखमा समाप्त हुँदैछ । बीबीसीका अनुसार बेलायती सरकारले चेल्सी बिक्रीका लागि विशेष लाइसेन्स जारी गर्ने निर्णय गरेको थियो ।
बेलायत सरकारले चेल्सी बिक्री पछि आउने रकम अब्रामोभिचलाई प्रदान नगरि एक फ्रोजेन बैंक खतामा राख्ने तथा उक्त रकम च्यारिटीलाई दान दिने योजना बनाएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया