एनआईसी एसिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा राठी

काठमाडौँ - एनआईसी एसिया बैंक लिमिटेडको जेष्ठ ८ मा बसेको सञ्चालक समितिको बैठकले सन्तोषकुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहका उनलाई बैंकको सञ्चालक समितिले श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
२०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एसिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको प्रवेश गरेका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिस्टमको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पुर्याउँन भएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्य अनुभव सँगालेका राठीले वाणिज्य शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया