'ए' ग्रेडका नेपाली क्रिकेटरको मासिक तलब अब ६० हजार

काठमाडौँ – नेपाल क्रिकेट संघले अप्रिल १ तारिखदेखि लागू हुने गरी राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीहरु, मैदान कर्मचारीहरू, मैदान कार्यालय सहयोगी र टियु मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको क्यानको बोर्ड बैठकले उनीहरुको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय क्रिकेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहेका सम्पूर्ण खेलाडीहरूको मासिक पारिश्रमिक १० हजार रुपैयाले वृद्धि गरिएको छ । यसअघि 'ए' ग्रेडका खेलाडीले ५० हजार, 'बी' ग्रेडका खेलाडीले ४० हजार र 'सी' ग्रेडका खेलाडीले ३० हजार पाउँदै आएका थिए । अब भने 'ए' ग्रेडका खेलाडीले ६० हजार, 'बी' ग्रेडका खेलाडीले ५० हजार र 'सी' ग्रेडका खेलाडीले ४० हजार रुपैयाँ पाउनेछन् ।
महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड 'सी' मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार तथा 'बी' र 'ए' ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरेको छ । यस अघि 'ए' ग्रेडका खेलाडीहरुले १५ हजार, 'बी' ग्रेडका खेलाडीहरुले १२ हजार तथा 'सी' ग्रेडका खेलाडीहरुले १० हजार प्राप्त गर्दै आएका थिए । अब 'ए' ग्रेडका खेलाडीले मासिक २१ हजार, 'बी' ग्रेडका खेलाडीले १८ हजार तथा 'सी' ग्रेडका खेलाडीले १५ हजार पाउनेछन् ।
त्यसैगरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले तथा टियु मैदान पिच क्यूरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गरिएको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया