प्रिमियर लिगले चेल्सी खरिदका लागि अनुमति दियो

काठमाडौँ – इंग्ल्यान्डको प्रिमियर लिगले चेल्सीलाई एलए डगर्सका सह-मालिक टोड बोहलीको नेतृत्वमा रहेको कन्सोर्टियमलाई खरिदका लागि अनुमति दिएको छ । उक्त कन्सोर्टियमले चेल्सीलाई ४.२५ बिलियन पाउण्डमा खरिदका लागि सम्झौता गरेको हो ।
कन्सोर्टियमले क्लबको मालिक र निर्देशकहरूको परीक्षा पास गरेको प्रिमियर लिगले जनाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्धका कारण चेल्सीका मालिक रोमन अब्रामोभिचलाई प्रतिबन्ध लगाउनु अघि प्रिमियर लिग क्लबलाई बिक्रीमा राखिएको थियो ।
तर अझैपनि खरिद कार्य पुरा हुने बेलायत सरकारले बिक्री लाइसेन्स जारी गर्नुपर्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया