रञ्जित गजमेर पुस्तकका रूपमा आउँदै

काठमाडौँ - संगीतज्ञ रञ्जित गजमेरको आत्मसंस्मरणात्मक पुस्तक प्रकाशित हुने भएको छ । नेपाल र भारत दुवै देशमा संगीतको क्षेत्रमा उल्लेख्य काम गरेका ८१ वर्षीय गजमेरको संस्मरणात्मक कृति लेखक शेखर खरेलले तयार पारेका हुन् ।
'गजमेर दार्जिलिङ, काठमाडौं र बम्बईका स्वर्णिम युगका सम्भवत: एक मात्र द्रष्टा एवं सर्जक हुन् । सन् १९६० को दशकमा दार्जिलिङबाट शुरू भएको उहाँको सांगीतिक यात्रा अनेकौं मानक र इतिहास रच्दै काठमाडौं हुँदै बम्बईसम्म पुगेको छ,' खरेलले भने, 'नेपाली मौलिक बाजा मादललाई बलिउड र सिङ्गो विश्वसामु परिचित गराउने श्रेय श्री गजमेरलाई जान्छ ।'
पुराना नेपाली सिनेमामा कालजयी संगीत सिर्जना गरेका गजमेर भारतमा बस्छन् । पुस्तक 'वी रिड' दुई महिनाभित्र सार्वजनिक गर्ने जनाएको छ ।
गजमेरबारे थप जान्न तलको संर्वार्ता पढ्नुहोस् :
ट्युन बुझ्न शब्द हुनैपर्छ, हाम्रो मान्छेहरूका लागि (संर्वार्ता)
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया