फोनपे आइएसओ २७००१/२०१३ बाट प्रमाणिकरण

काठमाडौँ- नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१/२०१३ बाट प्रमाणीकरण हुन सफल भएको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरियता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्युरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो । यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको कम्पनीले जनाएको छ ।
आइएसओबाट प्रमाणीकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने ‘फोनपे आम ग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध छ । त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको छ । आउँदा दिनमा पनि हामी निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जानेछौँ ’ ।
यस्तै फोनपेका हेड अफ सेक्युरिटीका आस्लम अलीले भने ‘आइएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ । यसमा सम्पूर्ण कर्मचारिको प्रयास र योगदान समावेश छ । त्यसैले आज हामी यो भन्न पाउँदा गर्व गर्छौँ कि सुरक्षा र डाटा संरक्षणका लागि जागरुकता एउटै विभागमा सिमित छैन तर हाम्रो कर्पोरेट संस्कृतिमा निहित छ ।
फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्सफर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैँकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया