आधार इलाकामा खस्कियो माओवादी, कहाँ कस्तो छ अवस्था ?

काठमाडौँ- अघिल्लो स्थानीय तह निर्वाचनभन्दा यसपालि नेकपा माओवादी केन्द्रले चुनावी नतिजा सुधारेको छ । अघिल्लो निर्वाचनमा १०६ पालिका प्रमुखमा जितेको माओवादीले यो पटक १२० स्थान पुर्याएको छ । अब ८ पालिकाको मत परिणाम आउन बाँकी छ । ८ पालिकामा माओवादीको अग्रता कतै पनि छैन ।
प्रदेश-१ मा माओवादीले १३७ पालिकामध्ये गत स्थानीय तह निर्वाचनमा ९ पालिका मात्र जितेको थियो । यसपालि ३ थप्दै १२ पालिका जितेको छ । प्रदेश-१ मा अघिल्लो पटक पनि तेस्रो दल बनेको माओवादी यो पटक पनि तेस्रो दलमै सीमित छ ।
मधेश प्रदेशमा १३६ पालिका छ । पालिकाको हिसाबमा मधेश दोस्रो ठूलो प्रदेश हो । यस पटक मधेशमा माओवादी खस्किएको तथ्याङ्कले देखाउँछ । निर्वाचन आयोगले दिएको तथ्याङ्कअनुसार अघिल्लो चुनावमा माओवादीले २१ पालिका प्रमुख जितेको थियो । मधेशमा अघिल्लोभन्दा आधा कम मात्रै पालिका माओवादीले जितेको छ । माओवादीले मधेशमा यो पटक ९ पालिका मात्रै जितेको छ ।
त्यस्तै अघिल्लो निर्वाचनभन्दा यो निर्वाचनमा बागमती प्रदेशमा माओवादीले निकै सुधार गरेको छ । बागमतीमा यो पटक अघिल्लोभन्दा १० पालिका बढीमा जित निकालेको छ । अघिल्लो पटक १७ वटा पालिका प्रमुखमा मात्रै जित निकालेको माओवादीले एक महानगरपालिकासहित यो पटक २८ पालिका पुर्याएको छ । बागमतीमा अघिल्लो पटक तेस्रो भएको माओवादी यसपालि दोस्रो दल बनेको छ ।
गण्डकीमा ८५ पालिकामध्ये अघिल्लो निर्वाचनमा माओवादीले ५ पालिका मात्रै जितेको थियो । यसपालि गण्डकीमा माओवादीले आफ्नो नतिजा निकै सुधारेको छ । यो पटक ११ पालिका जितेर माओवादी गण्डकीमा तेस्रो दलको रुपमा छ । गण्डकीको गोरखामा ११ पालिकामध्ये माओवादीले ९ पालिका जितेको थियो ।
माओवादीले लुम्बिनी प्रदेशमा १०८ पालिकामध्ये १९ पालिकामा यसअघि जित निकालेको थियो । यसपालि लुम्बिनीमा पनि माओवादीले अघिल्लोभन्दा ६ पालिका बढीमा जित निकालेको छ । लुम्बिनीमा यो पटक २५ पालिका माओवादीले जितेको छ । लुम्बिनीमा यो पटक पनि माओवादी तेस्रो स्थानमै छ ।
कर्णाली प्रदेशलाई माओवादीले आफ्नो आधार इलाकाको रुपमा मान्छ । ७९ पालिका रहेको कर्णालीमा अघिल्लो पटकभन्दा कम स्थानमा जितेको छ । अघिल्लो पटक २५ पालिका प्रमुख जितेको माओवादीले यो पटक भने २३ पालिकामा झरेको छ । अघिल्लो चुनावमा कर्णालीमा एमाले पहिलो दल थियो भने कांग्रेस र माओवादीले २५/२५ स्थान जितेका थिए । यो पटक कर्णालीमा माओवादी दोस्रो स्थानमा छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ पालिका छ । जसमध्ये अघिल्लो निर्वाचनमा माओवादीले १० पालिका प्रमुख हात पारेको थियो । सुदूरपश्चिममा पनि यो पटक माओवादीले आफ्नो नतिजामा झिनो सुधार गरेको छ । यो पटक अघिल्लोभन्दा ४ पालिका बढी जितेर १४ पालिका हात पारेको छ । सुदूरपश्चिममा पनि माओवादी तेस्रो स्थानमा छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया