लिभरपुलका प्रशिक्षक क्लोप 'म्यानेजर अफ द इयर' घोषित

काठमाडौँ – इंग्लीस प्रिमियर लिग क्लब लिभरपुलका मुख्य प्रशिक्षक जर्गन क्लोप म्यानेजर अफ द इयर घोषित भएका छन् । क्लोपलाई लिग म्यानेजर्स एसोसिएसनको म्यानेजर अफ द इयर घोषित भएका हुन् ।
५४ वर्षीय जर्मन नागरिक क्लोपले सर अलेक्स फर्गुसन ट्रफि प्राप्त गरे । अवार्डका लागि सबै लिगका प्रशिक्षकहरुले मत राख्न पाउने व्यवस्था रहेको छ ।
ईपीएलको उपाधि जित्न असफल भएपनि क्लोपलाई म्यानेजर अफ द इयर घोषित गरिएको हो । क्लोपसँगै म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोला, ब्रेन्टफोर्डका थोमस फ्रान्क, न्युकासलका इडी होवे तथा क्रिस्टल प्यालेसका प्याट्रिक भिएरा पनि मनोनयनमा परेका थिए ।
तर लिभरपुलले भने एफए कप र लिग कपको उपाधि जित्नुका साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया