सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

यामाहा नेपालको एफआइ नयाँ वर्ष योजना

काठमाडौँः यामाहा नेपालले नयाँवर्ष २०७८ को लागिआफ्नो प्रवर्धनात्मक फ्रिडम इनिसिएटेड (एफआइ) नयाँ वर्ष २०७८ योजना सार्वजनिक गरेको छ । नयाँ वर्षको उत्सवलाई हर्षोल्लासमय बनाउन  यामाहा नेपालले प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार वापत् २० लाख ७८ हजाररुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै स्क्य्राच कार्ड मार्फत् ग्राहकहरुले २.०७८ लाख रुपैयाँसम्मका सयौं पुरस्कारहरु हरेक हप्ता हात पार्न सक्ने कम्पनीले जनाएको छ । 

ग्राहकलाई थप सुविधादिने उद्धेश्यका साथ यामाहा नेपालले उत्कृष्ट वित्तीय योजनापनि प्रस्तुत गरेको छ, जस अनुसार मोटर साइकल तथा स्कूटरहरु शून्य ब्याज वा न्यून डाउनपेमेन्ट र न्यून किस्ताबन्दी (ई.एम.आई.) सुविधाका साथ प्राप्त हुने यामाहा नेपालका सीईओ चिरञ्जीवि शाहले जानकारी दिए । 

यामाहा नेपालले फ्युल इन्जेक्टेड मोटर साइकल र फ्युल इन्जेक्टेड स्कूटरहररु उपलब्ध गराउने पहिलो ब्राण्ड बन्दै अत्याधुनिक प्रविधियुक्त २ पाँग्रे सवारी साधनहरुको बजारमा ल्याएको छ ।