डेब्यु प्रतियोगितामै गुजरात फाइनलमा

काठमाडौँ- राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेटको डेब्यु प्रतियोगितामै फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थानले दिएको १८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातको जितमा डेभिड मिलरले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६८ रन जोडे । कप्तान हार्दिक पाण्डयले अविजित ४० रनको योगदान गरे । यसअघि कोलकता टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १८८ रन जोडेको थियो ।
राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ८९ रन बनाए ।
पराजित राजस्थानलाई अब इलिमिनेटरमार्फत फाइनल पुग्ने अवसर छ । दोस्रो क्वालिफायरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले फाइनल प्रवेशका लागि राजस्थानसंग खेल्नेछ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया