शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

यस्तो छ काठमाडौँको पछिल्लो मत अपडेट

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर फराकिलो बनाएका छन् । स्वतन्त्र उम्मेदवार शाहले ५२ हजार २५१ मत पाएका छन् । 

यस्तै दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ८२२ मत पाएकी छिन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ७ मत पाएका छन् ।