सरकारले गर्यो पाँच सचिवको सरुवा

काठमाडौँ - सरकारले पाँच प्राविधिक सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ती सचिवको सरुवा गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालय, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री कार्यलयमा सरुवा गरिएको हो ।
त्यस्तै राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुशील चन्द्र तिवारीलाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, नेपाल ट्रष्टका सचिव गोपाल सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै भौतिक पूर्वाधारका सचिव रविन्द्र श्रेष्ठलाई राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा गरिएको छ । नेपाल ट्रष्टको कार्यालय भने सचिवविहीन भएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया