बर्ड फ्लु नियन्त्रणमा

काठमाडौँः कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले माघ महिनादेखि काठमाडौँ उपत्यका र सुर्खेत तथा जाजरकोट जिल्लामा देखिएको बर्ड फ्लु रोग नियन्त्रणमा आएको जनाएको छ ।
बर्डफ्लु संक्रमण भेटिएका पंक्षी नष्ट गर्ने र रोग देखिएका र फैलन सक्ने क्षेत्रमा रहेका खोरहरू निस्संक्रमण (डिसइन्फेकसन) गर्ने कार्य अभियानका रूपमा अघि बढाइएको थियो । ‘चैत १३ गते निगरानीका क्रममा ललितपुर नगरपालिका वडा नं. १४ नख्खुमा पालिएका स्थानीय कुखुरा, हाँस र बट्टाइबाट संकलन गरिएको नमुना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरबाट रियल टाइम पीसीआर (पोलिमरेज चेन रियाक्सन) विधिबाट परिक्षण गर्दा बर्ड फ्लु (एच५एन८) निदान भएको पाइएको छ,’ पशु सेवा विभागले भनेको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार बर्ड फ्लु नियन्त्रणमा लिन संघ, प्रदेश र स्थानीय तहबाट सम्बन्धित निकायहरू परिचालन गरिएको छ ।
संघीय सरकारबाट पशु सेवा विभाग, बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मनत्रालय, पशुपंक्षी तथा मत्स्स्य विकास निर्देशनालय, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले समन्वयात्मक ढंगले काम गरिरहेको बताइएको छ ।
माघदेखि केही स्थानमा बर्ड फ्लु देखिएपछि सम्भावित फैलन सक्ने क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पंक्षी र रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरिएको विभागको दाबी छ । यही क्रममा ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ गोटा अण्डा, ३३५ केजी दाना सुरक्षित तवरले नष्ट गरिएको थियो ।
पशु सेवा विभागले पशुपंक्षी व्यवसाय गर्नेलाई आवश्यक सावधानी जारी राख्न आग्रह गरेको छ । फार्म परिसरमा जैविक सुरक्षाका विधि अपनाउने, खोरहरू निस्संक्रमण र व्यक्तिगत सरसफाइमा ध्यान दिन, घरपालुवा पशपंक्षीलाई जंगली पशुपंक्षीको समपर्कमा आउन नदिन र खुल्ला रूपमा पशुपंक्षी पालन निरुत्साहीत गर्न र अचानक पशुपंक्षीहरू अस्वभाविक ढङ्गले बिरामी परेका वा मरेको देखिएमा नजिकको पशु सेवा केन्द्रमा सूचित गर्न आग्रह गरेको छ ।
पशु सेवा विभागले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसारमा अनिवार्य रूपमा स्वास्थ्य परिक्षण गरी भेटेनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्थालाई कडाइँका साथ लागू गरिएको जनाएको छ ।

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

प्रतिक्रिया