एएफसी एसिया कप २०२३ : 'कप्तान र गोलकिपर'विना नेपाली टोलीको बिदाइ
काठमाडौँ- जुन ८ देखि १४ तारिकसम्म कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरणका लागि मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ । मंगलबार अबेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरेर नेपाली टोलीको बिदाइ गरेको हो ।
कुवेतमा आयोजना हुने छनोट खेलमा सहभागिता जनाउने खेलाडीको अन्तिम नामावली यस अघि शुक्रबार मात्र मुख्य प्रशिक्षक प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेका थिए ।
घोषणा गरिएको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित अन्य ९ खेलाडीविना नै मुख्य प्रशिक्षकले २३ सदस्यीय राष्ट्रिय टिमको नाम सार्वजनिक गरेका थिए ।
बन्द प्रशिक्षणमा रहेका बेला सेवा सुविधा पर्याप्त नभएको भन्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छाडेका १० खेलाडीविना प्रशिक्षक अलमुताइरीले २३ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरेका हुन् । पछिल्लो समय मुख्य प्रशिक्षक र खेलाडीबीचको टक्राबमा किरणले साथ दिएका थिए ।
यसपटक घोषणा भएको राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन । रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
एसिया कप तेस्रो चरणको छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपाल सम्मिलित समूहमा आयोजक कुवेतसँगै बलियो जोर्डन र इन्डोनेसिया रहेका छन । नेपालले जुन ८ मा जोर्डनविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । यस्तै, दोस्रो खेलमा कुवेतविरुद्ध जुन ११ मा खेल्दा जुन १४ मा इन्डोनेसियाविरुद्ध अन्तिम खेल खेल्ने तालिका छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया