मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : नेता पोखरेल
रुपन्देही - नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता शंकर पोखरेलले मुलुकमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनअन्तर्गत आज सम्पन्न दोस्रो बैठकमा उनले भविष्यलाई सुनिश्चितता प्रदान गर्न बलियो राष्ट्रिय शक्ति निर्माण गर्नतर्फ दलहरुको ध्यान जानुपर्ने उल्लेख गरे । `आज मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्नेभन्दा गठबन्धनका माध्यमबाट सत्ता प्राप्त गर्ने कुरातर्फ अगाडि बढ्ने प्रयास भइरहेको छ यो नेपालको राष्ट्रिय राजनीतिका सन्दर्भमा दुःखद् पक्ष हो`, नेता पोखरेलले भने ।
बलियो राष्ट्रिय शक्तिबिना राष्ट्रको निर्माण हुन नसक्ने उनले बताए । जनताको जीवनमा परिवर्तन ल्याउने र मुलुकको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने राष्ट्रिय शक्तिको आवश्यकता भएकाले दलहरु यसमा गम्भीर हुनुपर्ने उनले उल्लेख गरे । `प्रदेशलाई संघीयताको महत्वपूर्ण आधारका रुपमा लिइएको छ`, उनले भने।
विगतको संसदीय अभ्यासअनुरुप यसअघि सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भए पनि बजेटमा समावेश नगराइनुले नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर देखिएकाले यस प्रकारको अभ्यास गलत भएको पोखरेलले टिप्पणी गरे ।
अघिल्लो सरकारले झण्डै ८० पुल निर्माणका लागि क्रमागत आयोजनाका रुपमा अघि बढाएको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री पोखरेलले रकम अभावमा ती योजना पूरा हुन नसकेको गुनासो गरे । प्रदेशको स्थायी राजधानी तय भए पनि गुरुयोजना निर्माण र राजधानीको पूर्वाधार निर्माणका कामलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाउन नसकेको भन्दै उनले सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराए । रासस

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया