विशेष सुविधासहित नेपालमा आयो यामाहा आर-१५ एम

काठमाडौँ -विशेष सुविधाहरूसहित यामाहाको नयाँ मोटरसाइकल आर-१५ एम सार्वजनिक भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले आर-१५ एमको आधिकारीक विक्री सुरु गरेको हो । भृकुटीमण्डप स्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित 'महा एक्सचेञ्ज मेला' को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।
यामाहा आर-१५ एममा यामाहाको सफल मोटरसाइकल आर-१५ भी ३ कै इन्जिन दिइएको छ । यसको डिजाइन भने यामाहा आर-१ एमबाट प्रेरित रहेको छ ।
यामाहा आर-१५ एमको फ्रन्ट लुक यामाहा आर-१५ भी ३ को भन्दा भिन्न र अझै सार्प देख्न सकिन्छ । कम्पनीले आर-१५ एमको फ्रन्टमा सिंगल पड वग आई फङस्नल एलइडी हेडल्याम्प दिएको छ ।
यसमा १५५ सिसी लिक्विड कुल्ड भिभिए इन्जिनलाई नै कम्पनीले निरन्तरता दिएको छ । यसले आर-१५ भी ३ कै समान १८.४ पीएस पावर तथा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यस ६ स्पीडको गियर बक्स उपलब्ध छ । कम्पनीले यसमा ट्रयाक्सन कन्ट्रोलका साथै क्वीक सिफ्टर र स्लीपर क्लचसमेत दिएको छ । यो मोटरसाइकलमा डेल्टाबक्स फ्रेम र आल्मुनियम स्वीङ आर्मको प्रयोग गरिएको छ ।
आर-१५ एम मोटरसाइकलको दुवैतर्फ डिस्क ब्रेक रहेको छ । त्यस्तै यसमा सुपर वाइड १४० एमएमको रेडियल टायर पाउन सकिन्छ । प्रिमियम फिचरका रुपमा चिनिने अगाडि दिइएको गोल्डेन कलर यूएसडी फर्क, रियरमा मोनोशक सस्पेन्सन, डबल च्यानल एबीएस, साइड स्ट्याण्ड इन्जिन कट सेन्सर, ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर जस्ता फिचर उपलब्ध छ ।
आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको आरवानफाइभ एम को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९ सय रूपैयाँ रहेको कम्पनीले जनाएको छ ।आरवान १५ एमको लञ्चसँगै कम्पनीले आफ्नो नयाँ स्किम 'रोड टू मोटो जिपी' पनि सार्वजनिक गरेको छ । 'रोड टू मोटोजिपी' यामाहा बाइक खरिदकर्ताहरूका लागि त्यस्तो स्किम हो जसमा चार भाग्यशाली विजेताहरूले यामाहा प्याडकबाट च्याङ अन्तर्राष्ट्रिय सर्किट, थाइल्याण्डको प्रत्यक्ष मोटोजिपी प्रसारण हेर्ने सुवर्ण अवसर पाउनेछन् । यो स्किम आजबाट यामाहाका जुनसुकै बाइक र स्कुटरको खरिदमा लागू हुने कम्पनीले जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया