रोल्पामा अटोरिक्सा दुर्घटना, एकको मृत्यु तीन घाइते

रोल्पा - रोल्पा नगरपालिका–२ सिमलवाङमा भएको अटोरिक्सा दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
सदरमुकाम लिवाङवाट माडीचौरतर्फ जाँदै गरेको रा१ ह ४३४७ नम्बरको अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि अटो चालक रोल्पा–२ का २९ वर्षीय महेश कुँवरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
घाइते रोल्पा–७ माडीचौरका ५३ वर्षीय दलबहादुर पुनको बायाँ हात र निधारमा चोट लागेको छ । यसैगरी सोही ठाउँ बस्ने ५२ वर्षीय जानसिंह पुनको टाउको र मुखमा चोट लागेको छ । सोही ठाउँ बस्ने ४७ वर्षीय सहवीर खत्रीको दाहिने आँखामाथि चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएकालाई उपचारका लागि रोल्पा अस्पतालमा पठाइएको प्रहरीले बताएको छ । रासस

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया