पेट्रोलियम पदार्थ मूल्यवृद्धि खारेजको माग गर्दै विरोध प्रदर्शन
खोटाङ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजको माग गर्दै खोटाङमा एमाले निकट अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम गरेको छ । सरकारले छोटो समयमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वबियु र युवा संघले विरोध कार्यक्रम मंगलबार विरोध कार्यक्रम गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्वबियु र युवा संघले दिक्तेलको भवनगैरास्थित एमाले पार्टी कार्यालयबाट त्रिबेणीचोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै विरोध र्याली निकालेको थियो । अनेरास्वबियु र युवा संघले पेट्रोलियम पदार्थको मूल्य घटाएर नागरिकलाई राहतको महसुस गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य नेता ओमप्रकाश घिमिरे र पूर्वकेन्द्रीय सदस्य दीपक ठटालले सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया