आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने तयारी

काठमाडौं – सरकारले विद्युतीय प्रणालीबाट सञ्चालन भएका व्यवसायिक रुपमा चलिरहेका सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने तयारी गरिरहेकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सामाजिक सञ्जाललाई कानुनी तथा करको दायरामा ल्याइउन सरकारले तयारी गरिरहेकाे उल्लेख छ ।

मुलुकभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धि कार्यक्रमलाई तीव्रताका साथ कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनबाट सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाउने नीति लिने नीति पनि लिएको छ ।