शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

विपन्‍न नागरिकलाई राहत : विद्युत मिटर निःशुल्क जडान गरिने

काठमाडौं – विपन्‍न वर्गका नागरिकका घरमा विद्युत मिटर निशुःल्क जडान गरिने भएको छ ।

विपन्‍न नागरिकलाई सहुलियत प्रदान गर्न सरकारले यो नीति लिएको हो ।  विद्युत खपत बढाउन महसुल पुनरावलोकनसमेत गरिने भएको छ । सरकारले यसअघि विपन्न वर्गका नागरिकलाई २० युनिटसम्म विद्युतको महसुल छुट गरिदिएको छ ।

ऊर्जामन्त्री पम्फा भुसालले लोक कल्याणकारी राज्यको प्रत्याभूति जनतालाई दिलाउन उक्त नीति लिएको यसअघि बताएकी थिइन् । 

यस पटक भने सरकारले मिटर जडान नि:शुल्कसँगै महसुल पनि पुनरवलोकन गर्ने नीति लिने भएको हो ।