शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

२ वर्षभित्र सबै स्थानीय तहमा विद्युत पुर्‍याइने

काठमाडौंँ - सरकारले आगामी २ वर्षभित्र सबै स्थानीय तहमा विद्युत पुर्‍याउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा दुई वर्षभित्र सबै स्थानीय तहमा विद्युत पुर्‍याउन, विद्युत उत्पादन, प्रसारण तथा वितरणका क्षेत्रमा महत्वपूर्ण लगानी गरिने उल्लेख छ ।

सरकारी तथा निजी क्षेत्रबाट प्रवर्धित जलविद्युत आयोजना सम्पन्न गरी आगामी आर्थिक वर्ष थप ७ सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कार्यक्रममा उल्लेख छ। जलाशययुक्त तथा नदी बेसिनमा आधारित आयोजनालाई जोड्ने गरी ४ सय केभीए क्षमताका राष्ट्रिय तथा अन्तरदेशीय विद्युत प्रसारण लाइन विस्तार गर्न सुरु गरिने समेत सरकारको कार्यक्रममा उल्लेख छ।