शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

काठमाडौं उपत्यकामा मेट्रो रेलका लागि विस्तृत अध्ययन हुने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० मा काठमाडौं उपत्यकाभित्र मेट्रो रेलका लागि विस्तृत अध्ययन गर्ने नीति अगाडि सारेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा वाचन गरेको नीति तथा कार्यक्रममा उपत्यकाभित्र मेट्रो रेलको विस्तृत अध्ययन हुने नीति समेटिएको हो । 

सरकारले पूर्वपश्चिम विद्युतीय रेलमार्गको पूर्वतयारी, रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगञ्ज–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गर्ने नीति पनि लिएको छ ।