बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

चन्द्रागिरीमा सवारी दुर्घटनामा पैदलयात्रीको मृत्यु

फाइल फोटो

काठमाडौँ - काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

बागमती प्रदेश ०१–०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१३ लामाचोर बस्ने ७१ वर्षीय ध्रुर्वप्रसाद रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका रेग्मीको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको र ठक्कर दिने गाडी तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस