दमनराज तुलाधरको दुर्लभ आत्मकथा बजारमा

काठमाडौं : जहानियाँ राणा शासनविरुद्धको संघर्षका योद्धा र पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रकासहयोगी दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक भएको छ । ‘नेपाली माटो चिनेको नमूना आत्मकथा’को उपमा पाएको यो आत्मवृतान्त इमान्दार बयानको उदाहरणको रुपमा लिइन्छ । २०३९ सालमा प्रकाशित यो पुस्तक यही इमान्दारीकै कारण प्रतिबन्धमा परेपछि दुर्लभ हुनपुगेको थियो ।
‘सचेत नेपाली पाठक यत्तिको महत्वपूर्ण ऐतिहासिक दस्तावेजबाट वञ्चित हुनु नपरोस् भनी बुक हिल पब्लिकेसनले क्लासिक सिरिज अन्तर्गत यसको दोस्रो संस्करण प्रकाशन गरेको हो’, प्रकाशक भूपेन्द्र खड्काले भने । १९९७ सालको प्रजापरिषद् काण्डदेखि सात सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्ष, प्रजातन्त्र स्थापनापछि नेपाली राज्यको सत्ता–अभ्यास र पञ्चायतकालमा नेपाली परराष्ट्र नीति निर्माण एवं कार्यान्वयनका भित्री कथा यस पुस्तकमा रहेका छन् ।
‘एउटा दृढ–संकल्पित राजनीतिक कार्यकर्ता, निजामती प्रशासक, कुशल लेखक–अनुवादक तथा असल पति र पिताको इमानदार आत्मकथा पढ्दा जो कोहीलाई शिक्षा, प्रेरणा र मार्गदर्शन मिल्न सक्छ’ पुत्री प्रतिमा तुलाधरले भूमिकामा उल्लेख गरेकी छन् । पुस्तकका लेखक दमनराज तुलाधर राणा शासनविरोधी आन्दोलनका योद्धा, प्रजातन्त्र स्थापनापछिका कुशल प्रशासक, र जीवनको उत्तराद्र्धमा राजा महेन्द्रका सहयोगी, सल्लाहकार, विश्वसनीय पात्र एवं राजाका मन्तव्यका मस्यौदाकार र अंग्रेजी अनुवादक पनि हुन् । कूल ३०० पृष्ठको पुस्तकको पेपरब्याक संस्करणको मूल्य ५५५ रुपैयाँ रहेको छ ।

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

आँचललाई `मिस टिन्स युनाईटेड नेसन्स नेपाल`को उपाधी

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा आउँदै

सञ्जय दतको ‘द भूतनी’मा के छ ?

रेडः २ को कुल बजेट ४८ करोड, अजय देवगनले मात्रै लिए २० करोड

जब साराले छाडिन् करोडौं कमाउने ‘वन्ली फ्यान्स’को अश्लिल जब

प्रतिक्रिया