मूल्यवृद्धिको विरोधमा भिमफेदीमा प्रदर्शनी

मकवानपुर । पछिल्लो समय सरकारले हप्तैपिच्छे मूल्यवृद्धि गरेपछि प्रदेश राजधानी हेटौंडा र मकवानपुर जिल्लाका विभिन्न गाउँपालिकामा समेत मूल्यवृद्धिको विरोधमा प्रदर्शन भइरहेको छ ।
आज जिल्लाको भिमफेदी गाउँपालिकामा अनेरास्ववियु भिमफेदी गाउँ कमिटीले पेट्रोलियम पदार्थ, ग्याँसमा गरिएको मूल्यवृद्धि विरुद्धको विरोधमा प्रदर्शन गरेको छ। विद्यार्थीहरुले भिमफेदी बजारमा विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता गर, पेट्रोल हो कि सुन हो, करले किन्न सक्छ, परमादेशी सरकार राजLनामा दे, लगायतको प्ले कार्ड सहित प्रदर्शनीमा उत्रिएका थिए ।
सोमबार हेटौंडाको वडा नम्बर ९ मा विरोध प्रदर्शन गरिएको थियो भने आज मंगलबार साँझ हेटौंडा बजारको मुख्य चोकमा विरोध कार्यक्रम राखिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल महिला संघ, अनेरास्ववियु मकवानपुर, नेपाल खेलकुद महासंघ, नेपाल मुस्लिम ईतेहाद संगठनको संयुक्त आयोजनामा हेटौंडामा विरोध प्रदशन गर्न लागिएको हो ।
सोमबार नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल हेटौंडा ९ वडा कमिटीले विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनको क्रममा ग्यास, पेट्रोल, डिजेल, खाने तेललगायतका वस्तुमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने, हर प्रकारले असफल रहेको परमादेशी सरकारले तुरुन्त राजीनामा दिनुपर्ने, जनताको ढाड सेक्ने काम बन्द गर्नुपर्ने तथा लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गर्नुपर्ने लगायतका माग गरिएको थियो ।

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

नेपाली युवा उद्यमी मञ्च काठमाडौँ च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा
दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम र…

धोबिखोलामा बाढी : अनामनगरको सडकमै बग्यो खोला (भिडियो)

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

प्रतिक्रिया