तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता कायमै

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका टीकाराम खड्काले २५ हजार २५३ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार हजार ५३७ मत पाएका छन् । उनीहरूबीचको मतान्तर १ हजार ७१६ रहेको छ ।
नेपाल लोकतान्त्रिक पार्टीका धनश्याम चौधरी १ हजार ८५ मतसहित तेस्रो स्थानमा छन् ।
उपममेयरमा पनि एमालेकी स्यानी चौधरीले अग्रता लिइरहेकी छिन् । एमालेकी स्यानीले २४ हजार ९३६ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले १७ हजार ६१७ मत पाएका छन् ।
राप्रपाका प्रेमबहादुर शाह २ हजार ३६ मतसहित तेस्रो स्थानमा छन् ।
२०७४ सालको निर्वाचनमा यस उपमहानगरमा मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको थियो ।
दाङको अर्को उपमहानगर घोराहीको मतपरिणाम सार्वजानिक भइसकेको छ । घोराहीको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको थियो । मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डि.सी निर्वाचित भएकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया