वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्छु : राजेशमान सिंह

काठमाडौँ - वीरगञ्ज महानगरपालिकाको नवनिर्वाचित मेयर राजेशमान सिंहले वीरगञ्जबासीको दैनिकीसँग जोडिएका समस्याहरू समाधान गर्नु आफ्नो प्राथमिकता भएको बताएका छन् । मंगलबार वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सिंहले वीरगञ्जबासीको दैनिकीमा भएका समस्या समाधान गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।
उनले कर, स्वास्थ्य र शिक्षाको विषयमा विज्ञहरूसँग बसेर छलफल गरी आवश्यक काम गर्ने बताए । मेयर सिंहले वीरगञ्जमा सरसफाईको चुनौती रहेको उल्लेख गर्दै वर्षात्को समयमा पानी जम्ने समस्या समाधान गरिने पनि बताए ।
‘वीरगञ्जबासीसँग जोडिएका जुन समस्याहरू छन् । सर्वप्रथम हामी त्यसलाई निदान गर्छौँ, 'त्यसपछि विभिन्न विज्ञहरूसँग बसेर जसरी हामीले सुरुमा भनेका छौँ, करको विषयमा, स्वास्थ्य, शिक्षाको विषयमा हामी अगाडी बढ्छौँ । वीरगञ्जको सरसफाइ एउटा चुनौतीको रूपमा छ । वीरगञ्जबासीलाई वर्षात्मा पानी जम्ने समस्या छ, यो सबै दैनिकीसँग जोडिएको कुराहरूलाई पहिलो प्राथमिकतामा राखेको छौँ ।’
जनता समाजवादी पार्टीका नेता सिंहले सत्तारुढ गठबन्धनको तर्फबाट विजय हासिल गरेका हुन् । नेकपा(एमाले)का तर्फबाट मेयरका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगीलाइ २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया