ग्यास सिलिन्डरसहित मुल्यवृद्धिविरुद्ध मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन

विराटनगर- इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मुल्यवृद्धिको उपभोक्ता तहबाटै विरोध सुरु भएको छ । विराटनगरस्थित प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा मुल्यवृद्धिविरुद्ध ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरिएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मुल्यवृद्धि गरेको भन्दै खाली सिलिण्डर र प्लेकार्ड बोकेर उपभोक्तावादीहरू सडकमा उत्रिएका हुन् । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निणर्य गर्दा पनि प्रदेश सरकारले हेरेर मात्रै बसेको आरोप लगाउँदै त्यसैको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्नु परेको बताए । उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष आग्रहसमेत गरे ।
संघ सरकारले निणर्य गरेको भएपनि आम उपभोक्ता र नागरिकहरूलाई असर पर्ने गरी गरिएका हरेक निणर्यविरुद्ध प्रदेश सरकारले आवाज उठाउनुपर्ने उपभोक्ताहरूले बताए । मुल्यवृद्धिविरुद्धको उपभोक्ताहरूको प्रदर्शनमा नागरिक समाजका प्रतिनिधि, विवेकशील साझा पार्टीलगायतका दलका प्रतिनिधिहरूले समेत समर्थन जनाएका छन् ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया