संगठन बलियो बनाउन नेता-कार्यकर्तालाई माधव नेपालको निर्देशन
'टिकट नपाएको झोकमा पार्टी छोड्नेको हिसाब राख्नुपर्छ'

मकवानपुर - नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले संगठन बलियो बनाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् । हेटौंडा उपमहानगरपालिकालगायत मकवानपुरका ८ वटा स्थानीय तहमा जित प्राप्त भएपछि विजयीहरूलाई बधाइ दिन हेटौंडा आइपुगेका नेपालले चुनाव लक्षित गठबन्धनको उद्देश्य पूरा भएको भन्दै अब संगठन बलियो बनाउनतिर लागन् नेता-कार्यकर्तालाई निर्देशन दिएका हुन् । 'आफ्नो संगठन निर्माण गर्न लाग्नुहोस्,' उनले भने, 'गठबन्धन हैन, संगठन बनाऔ, शक्ति निर्माण गर्नुस्, एक औलाले केही गर्दैन, मुठ्ठी बनाउनुहोस् ।'
चुनावमा जहा जहाँ गठबन्धन भाँडियो त्यहाँ आफ्ना पार्टीको उम्मेदवारहरूले टिकट फिर्ता गर्न चाहेको प्रसंग कोट्याउँदै उनले भने, 'हामीले आफैं जित्ने छौँ, हामी बलियो भए सबै हाम्रा हुन्छौँ, हामीले संगठन बलियो बनाउन सक्नेछौं ।' गठबन्धनमा सहभागी दलको हैसियत मत परिणाममा देखिएको भन्दै उनले आफूहरू बलियो शक्ति बनेको दाबी गरे ।
नेकपा एकीकृत समाजवादीले आफ्नो आधार तय गरेको भन्दै अब तल्लो तहसम्म पुगेर संगठन बलियो बनाउन ध्यान दिनुपर्ने बताए ।
जितेको कारण आफूमा अभिमान नराख्न निर्देशन दिंदै उनले भने, 'जितिसकेपछि नमात्तिनु होला, हारेपछि पनि नआत्तिनु होला । जितेको ठाउँमा भन्दा हारेको ठाउँमा मसिनो गरी मूल्यांकन गर्नुहोस् । यसले अब कसरी अघि बढ्ने भन्ने बाटो देखाउँछ ।'
आगामी मंसिरमा हुने निर्वाचनको तयारीमा आजैबाट लाग्न उनले आग्रह गरे । 'आजैबाट जनताको बिचमा जानुस्, चुनावमा टिकट पाउने/नपाउने कुरामा ध्यान नदिनुहोस्, जो कोही आए पनि पार्टीको मान्छे भनेर लाग्नु होस्,' उनले भने, 'टिकट नपाएको झोंकमा पार्टी छोड्नेलाई हामी पनि हिसाब राख्नुपर्छ ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया