वीरगन्जको मेयरमा जसपाका सिंह निर्वाचित, एमालेका सरावगी दोब्बर बढी मतले पछि परे
उपमेयरमा कांग्रेसका आलम विजयी

काठमाडौँ - वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका राजेशमान सिंह विजयी भएका छन् । ४६ हजार २ सय १५ मत प्राप्त गर्दै सिंह मधेस प्रदेशको एक मात्र महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्रै पाए । निवर्तमान मेयरसमेत रहेका सरवागी सिंहभन्दा २२ हजार ५ सय ४४ मत पछाडि रहे । मेयरका अर्को उम्मेदवार राप्रपाका गिरिश गिरीले ३ हजार ३ सय १३ मत पाए । सिंह पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् । वीरगन्जमा एमालेले पनि लोसपासँग गठबन्धन गरेको थियो ।
उपमेयरमा कांग्रेसका इम्तियाज आलम विजयी भएका छन् । उपमेयरमा विजयी कांग्रेसका इम्तियाज आलमले ३० हजार ७८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले ९ हजार ५ सय ६८ मत पाए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया