पूर्वप्रदेश सांसद बुढाथोकी मेयरमा निर्वाचित

विराटनगर- प्रदेश १ को प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयर लडेका गोपालचन्द्र बुढाथोकी झापाको मेची नगर नगरपालिकाकाको मेयरमा निर्वाचित भएका छन् । मंगलबार विहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेबाट मेयरका उम्मेदवार बुढाथोकीले २६ हजार ४७८ मत पाएर निर्वाचित भएका हुन् ।
मेची नगरमा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् । झापाको निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित सांसद बुढाथोकीले मेची नगरको मेयर लड्ने भन्दै प्रदेशसभामा गत बैशाख ११ गते सभामुख समक्ष राजीनामा दिएका थिए ।
मेची नगरको उपमेयरमा पनि एमालेकै मीना कुमार पोखरेल निर्वाचित भएकी छन् । उनले २१५९० मत प्राप्त गरेकी हुन् । उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश भण्डारीले १२ हजार ८१८ मत पाएका हुन् ।
मेची नगरका १५ वटा वडाहरूमध्ये नेकपा एमालेले ११ वटा वडाको वडाध्यक्ष जितेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको जनाइएको छ ।

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

प्रतिक्रिया