तिलोत्तमा खाँणको अग्रता कायमै : कसले कति मत पाए ?

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मत गणनामा गठबन्धन दल नेपाली काँग्रेसका रामकृष्ण खाँणले अग्रता लिएका छन् । उनले नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै निर्न्तर अग्रता कायम राखेका हुन् ।
४२ हजार ७१४ मतगणना हुँदा खाँणले १६ हजार ६४६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी उम्मेदवार चापागाईंले १५ हजार ७८१ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा ८६५ मतले अघि रहेका छन् ।
यसैगरी उप प्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले निकटतम प्रत्यासीभन्दा दोब्बर मत कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले १५ हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा ८ हजार ७२० मत प्राप्त भएको छ ।
यसैगरी वडा नम्बर ६ को अध्यक्षमा ७६८ मतका साथ काँग्रेस अघि रहेको छ । नेकपा एमालेको मत ५१७ रहेको छ । वडा नम्बर १० मा भने नेकपा एमाले अघि रहेको छ । एमालेको सूर्य चिन्हमा ७२ मत आउँदा रुखामा ५६, छातामा ५४ र हलोमा ६१ मत प्राप्त भएको छ । वडा नम्वर ११ मा सुरुवातीदेखि नै अग्रता काँग्रेसले लिएको छ ।
काँग्रेसको रुख चिन्हमा ५५६ र हेको छ भने एमालेको ५०३ मत पाप्त भएको छ । यस्तै वडा नम्बर १२ मा एमालेको अग्रता छ । एमालेको सूर्य चिन्हमा १०७८ आउँदा काँग्रेसको १०६२ मत प्राप्त भएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_1ZjrSYUDmO_3nobrg1tpakpnlysdaeyuugt6cbvv5poizu8fhtm6mcrdefhfugl6qkxewmr.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया